२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोबिता गौतमले भनिन्-‘नेपालमा केही भएन भन्ने निराशालाई चिर्नुको विकल्प छैन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालमा केही भएन भन्ने निराशा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई चिर्दै जानुपर्ने चुनौती रहेको टिप्पणी गरेकी छिन् ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘समृद्धिका साझा सवाल’ विषयक प्यानल छलफलका क्रममा गौतमले यस्तो बताएकी हुन् ।

परिषद्ले विभिन्न प्रदेशमा प्रादेशिक सम्मेलन सकेर काठमाडौँमा ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२’ पारेर ‘समृद्धिका साझा सवाल’ विषयक छलफल चलाएको थियो ।

सो छलफलमा भाग लिन पुगेकी सांसद गौतमले समृद्धिलाई आर्थिक रूपमा मात्रै लिन नहुने बताइन् । यसका लागि युवा पुस्ताले देश छाड्न नहुने सांसद गौतमको भनाइ थियो ।

‘नेपालमा केही पनि भएन त भन्ने निराशा छ । त्यसलाई चिर्दै अघि बढ्नुको विकल्प छैन । हाम्रो पुस्ता भनेको अघिल्लो व्यवस्थाको थोरै कुरा स्मरणमा छ,’ सांसद गौतमले भनिन्, ‘तर, अधिकांश हामीले बुझ्ने भएपछि गणतन्त्रपछिको नेपाल हो । यो अन्तरालमा हामीले देखेको कुरा के हो र त्यसलाई कसरी मुल्यांकन गर्न सकिन्छ भन्ने कुरा हो ।’

जनतामा छाएको चरम असन्तुष्टिका कारण हाम्रा भौतिक पूर्वाधार समयमा नसकिनु र आर्थिक समृद्धि नदेख्नु नै रहेको उनले बताइन् ।

उनले राष्ट्रिय गौरवका आयोजनाको विषयमा पनि जनतामाथि झुटा आशा मात्रै दिने काम राजनीतिक दल र नेतृत्वबाट भएको उनको भनाइ थियो ।

सांसद गौतमले देश छाडेर युवाहरू पलायन हुँदा कसले देश बनाउने ? भन्दै प्रश्न गरिन् ।

विशेष गरी उद्यमशीलता, रोजगारी, पर्यावरण, समानतामूलक समाज बनाउने लगायतका कुरा युवाले गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद गौतमसहित एमाले सांसद पदम गिरी, काँग्रेस सांसद उदयशमशेर जबरा र माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध उक्त प्यानल छलफलमा सहभागी थिए ।