काठमाडौँ । मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी डा. मुकुन्द भट्टराईले जानकारी दिए ।
उनका अनुसार, भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।







