२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा डाइभर्सन बगाएपछि फेरी पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अ+ अ-

काठमाडौँ । नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी ३ स्थित खरंगे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।

खोलामा पानीको बहाव बढेपछि खरंगे खोलामा कुनै पनि सवारी साधन पास हुन नसकेको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिनयता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।

दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएपछि समस्या आइरहेको छ ।

पाल्पा लगायत नवलपुरका पहाडी क्षेत्रमा पानी पर्नासाथ दुम्किबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरूमा पानीको बहाव बढ्ने बताइएको छ । पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुन असहज भएको छ ।