काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले प्रस्ताव अघि सारेका हुन् ।
उनले बैठकमा बोल्दै एसइई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसइईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । एसइई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनी प्रश्नसमेत गरे ।
उनले भने, ‘बजेटमा पनि एसइई प्रदेशमा दिने भनेर पास गरेको छ। सीटीभीटीमा भर्ना हुने पनि एसइई पछि हो। एसइई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने। सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ। एसइई राखौँ प्रदेशबाट सञ्चालन गरौँ। एसइईले गुणस्तर कायम गर्न मद्दत गर्छ।’







