२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्काले भने-‘काँग्रेसले गरेका काम जनतामाझ पुर्‍याउनबाट चुक्यौँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले गरेका काम जनतामाझ पुर्‍याउन चुकेको बताएका छन् ।

नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले काँग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पुर्‍याउन नसकिएको बताएका हुन् ।

‘नेपाली काँग्रेस नेतृत्वमा मुलुकमा ठूला-ठूला महत्त्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरूलाई जनतामाझ पुर्‍याउन भने सकिरहेका छैनौँ,’ उनले भने, ‘त्यसमा हामीबाट कहीँ कतै चुक भइरहेको छ ।’

उनले भने, ‘हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पुर्‍याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईँहरू प्रशिक्षकहरूले सो पुर्‍याउन मद्दत पुर्‍याउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।’

उपसभापति खड्काले नेपाली काँग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पुर्‍याउन नसकेको गुनासो व्यक्त गरेका छन् ।

‘मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा काँग्रेसको भूमिका अहम् छ’, उनले भने, ‘हामीले गरेका कामलाई जनतामाझ पुर्‍याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’

उपसभापति खड्काले संघीयता र समावेशिताका मुद्दा पनि सबैतिर पुर्‍याउन नसकेको स्वीकार गरेका छन् ।

उपसभापति खड्काले काँग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला–ठूला नीतिगत परिवर्तन ल्याएको पनि दाबी गरेका छन् ।