काठमाडौँ। सरकारले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
न्यायाधिकरणको सदस्यहरूमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् ।







