२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनमा अवरोध नछाड्ने भए संसदीय व्यवस्था विश्वास छैन भनेर देखाउन रास्वपालाई सरकारको चुनौती

अ+ अ-

काठमाडौँ। सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले रास्वपा र राप्रपालाई संसदीय गतिविधि प्रभावित नपार्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्मचारीमाथि अख्तियारले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर राजीनामा मागेको आरोप लगाए ।

सरकारका प्रवक्ता समेत रहेका उनले भने, ‘कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैन भन्ने ढंगले संसदमा प्रस्तुत हुन मिल्दैन। उहाँहरूमा परिपक्वता पनि देखिँदैन। कि रास्वपाले भन्न सक्नुपर्‍यो संसदीय व्यवस्था र यो व्यवस्थाप्रति विश्वास छैन भनेर। होइन भने समस्या समाधान गर्ने थलोमा अवरोध गरेर हुन्छ ।’

उनले माओवादीसँग सहमति गरेर नै सरकारले छानबिन समिति गठन गरेको बताए । उनले हठ त्यागेर संसदीय कारबाहीमा सहभागी हुन आग्रह गरे। प्रतिपक्ष दलहरू मेरो गोरुको बाह्रै टक्का भने जस्तोगरी प्रस्तुत भएर समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई एउटै विषयमा अड्काउन खोजेको आरोप लगाए ।

उनले थपे, ‘मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा हुँदैन। त्यो व्यक्तिसँग जोडिएको विषय छैन । यो संसदीय विधि र पद्धतिअनुसार छैन । सरकारले कुनै हठ गरेको छैन । संसद् बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरूलाई म के आग्रह गर्दछु भने स्वीकार गरेर जानुपर्छ ।’