२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेक एन्ड पे विवादबारे अर्थमन्त्री पौडेलले दिए प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । सरकारले बजेटमार्फत विद्युत् खरिद सम्झौतामा ल्याएको ‘टेक एन्ड पे’ का विषयमा अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रष्टीकरण दिएका छन् ।

बजेटको यो व्यवस्थालाई लिएर ऊर्जा उत्पादकहरूले विरोध जनाएका थिए भने काँग्रेसले पनि यसलाई सच्याउन सरकारलाई दबाब दिएको थियो ।

अर्थमन्त्री पौडेलले आज संसदमा बजेटका बारे उठेका प्रश्नको जवाफ दिने क्रममा बुँदा नम्बर २२७ बारे प्रष्ट्याएका हुन् । उनले सांसदहरुले यस प्रावधानबारे व्यक्त गरेको चासोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

अर्थमन्त्रीले पौडेलले भने, ‘ऊर्जा विकास मार्गचित्रका अनुसार हामीसँग २०३५ सम्म रन आफ रिभर आयोजनाको पिपीए गर्न १५ सय मेघावाटको मात्रै स्पेस बाँकी छ । बुँदा नम्बर २२७ का सन्दर्भमा म थप स्पष्ट पार्न चाहन्छु । वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यात हुने एकिन भएका र प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद गर्न सकिने छ ।’

उत्पादित विद्युत् खेर जान नपाओस् भन्ने ध्येयले ऊर्जा खपतको सुनिश्चितता भएका प्रतिफलयुक्त आयोजनामा निजी लगानी आकर्षित गर्ने उनले बताए । आर्थिकरुपमा धान्न सकिने दायित्व सिर्जना गर्ने गरी खरिद सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।