२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक डाक्टरको हारको सन्देश : “म बाँचे भने न्याय पाउँछु जस्तो लागेन…!”

अ+ अ-

“सबै जनालाई अलबिदा”-यही वाक्यबाट सुरु भएको एउटा फेसबुक स्ट्याटसले सोमबार दिउँसो सामाजिक सञ्जाल हल्लायो । स्ट्याटस एक जना सरकारी डाक्टरको थियो, जसले चिकित्सक बन्ने सपना मात्रै होइन, राज्य संयन्त्रभित्रबाट जनताको सेवा गर्ने अठोट लिएका थिए । संघर्षबाट हुर्किएर, गाह्रोले पढेर, सरकारी सेवामा प्रवेश गरेका ती डाक्टरले लेखेका थिए-“म बाचे भने न्याय पाउँछु जस्तो लागेन ।” यो कथा हो-डा. केशव श्रेष्ठको ।

सपना देख्ने डाक्टर, जसलाई राजनीति र प्रतिशोधले पन्छायो
डा. श्रेष्ठ नेपालमै रही चिकित्सा प्रणालीलाई सुधार गर्न कटिबद्ध थिए । उनले भोगेको जीवनसंघर्ष, मेहनत र जनताको सेवाप्रति प्रतिबद्धता प्रशंसनीय थियो । रामेछाप अस्पतालमा कार्यरत रहँदा उनले संस्थालाई सुधार्न अनेक पहल गरे ।

तर, उनै डाक्टर, जसले अस्पताललाई व्यवस्थित बनाउन दिनरात खटिए, अन्ततः राजनीतिक चलखेल, आन्तरिक द्वन्द्व र केही व्यक्तिको स्वार्थका कारण आरोपको घेरामा परे ।

फेसबुक स्ट्याटसमा उनले लेखेका छन् :
करारको जागिरबाट सुरु भएको मेरो सेवा यात्रा नेपाल प्रहरी हुँदै लोक सेवा पास गरेर बागमती प्रदेशको स्थायी दरबन्दीमा पुगेको थियो । रामेछाप अस्पतालमा २५ महिनाको सेवामध्ये १८ महिना निमित्त मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा अस्पताल सम्हाल्ने मौका पाएँ। दिनरात मेहनत गरेँ ।

अस्पताल सुधार्ने सपना देखेँ । तर जब सुधारको बाटोमा लागेँ, त्यसपछि सुरु भयो षड्यन्त्र र दबाबको शृङ्खला ! उनले केही कर्मचारी र शक्तिशाली समूहबाट धम्की, बहिष्कार र मानसिक यातना भोग्नु परेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “काम नगर्ने, घाम ताप्ने कर्मचारीहरूलाई जब जबाफदेही बनाउने प्रयास गरेँ, तब उनीहरू मलाई टार्गेट गर्न थाले। अस्पताल सुधार गर्ने मेरो प्रयासले उनीहरूलाई असहज बनायो ।”

राजनीतिक चलखेलको आरोप
उनले स्ट्याटसमा खुलेर लेखेका छन्, “एक स्थानीय नेताले रामेछाप अस्पताललाई आफ्नो प्रभावमा राख्न खोजे ।” उनले ती नेताबाट राजनीतिक दबाब, धम्की र प्रतिशोधपूर्ण व्यवहार सहनु परेको बताएका छन् ।

आफूले सिफारिस गरेका कर्मचारीहरूलाई काममा नराखेको, आफूलाई अप्ठ्यारो पर्ने निर्णय नगर्न चेतावनी दिएको ती नेताबाट आएको उनले बताएका छन् । अस्पतालको खर्च बिलदेखि विज्ञापन कर्मचारीको छनोटसम्ममा हस्तक्षेप गर्न खोजिएको उनको भनाई छ । आफूले ती कर्मचारीबाट नियमानुसार स्पष्टीकरण मागेपछि झुटा आरोप लगाउँदै सरुवा गराइएको उनले दाबी गरेका छन् । यसबारे डा. श्रेष्ठले आफ्नो कुरा राख्न स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू-मन्त्री, सचिव र प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा समेत कसैले सुनुवाइ नगरेको गुनासो गरेका छन् ।

उनले लेखेका छन्, “१६ वटा टाँका लागेको शरीर लिएर, श्रीमती र दुई वर्षकी छोरीसँग रातको ९ बजे रामेछापबाट काठमाडौं आउनु पर्‍यो । बिहान ४ बजे आइपुगेँ, ८ बजे हेटौँडा लागेँ। मन्त्रालयले मलाई सरुवा त हेटौँडा अस्पतालमा गर्‍यो तर हाजिर मन्त्रालयमा गर्न भन्यो। त्यो पनि गाडी खोसेर, हाजिर नगराई गाडीमै फर्काएर पठायो ।”

उनका अनुसार यस्तो व्यवहार अमानवीय मात्र होइन, योजनाबद्ध रूपमा अपमानित गराउने प्रयास थियो। उनले आफूलाई ‘गल्ती नगरी सजाय’ भोग्न बाध्य बनाइएको बताएका छन् ।

उनको फेसबुकमा लेखिएको स्ट्याटस भावुक, गहिरो र निराशाले भरिएको छ । उनले आफ्नी आमा, श्रीमती, छोरी, परिवारजनसँग क्षमा मागेका छन्  । उनले लेखेका छन्, “हिम्मत नहार्ने मान्छे आज हिम्मत हार्न बाध्य भएँ। एक्लै लड्ने मान्छे आज गलिसकेको छु । मलाई साथ दिने सबैप्रति आभार छ ।”

उनले थपेका छन्, “म बाँचेँ भने मलाई न्याय पाइन्छ भन्ने आशा छैन । झुटा आरोप लगाउने, आत्महत्या गर्न बाध्य बनाउनेहरूमाथि कानुनी कारबाही नभएसम्म मेरो आत्माले शान्ति पाउने छैन ।”

डा. श्रेष्ठको अनुभव कुनै एक व्यक्तिको मात्र पीडा होइन –यो राज्य संयन्त्रभित्रको व्यवस्थापकीय जटिलता, राजनीतिक हस्तक्षेप र कमजोर उत्तरदायित्व प्रणालीको प्रतिनिधि प्रसङ्ग हो । एक चिकित्सक, जसले दुर्गम अस्पताल सुधार गरे, जसको नेतृत्वमा अस्पतालले राष्ट्रिय स्तरको मान्यता पायो, अहिले प्रतिशोधको सिकार भए । उनले लेखेका छन्, “२५ बेडको अस्पताललाई देशकै उत्कृष्ट बनाउन खटिएँ । आज मलाई पुरस्कृत गरिनु पर्ने हो, कार्यवाहीको चपेटामा परेँ ।”

जब कुनै कर्मठ कर्मचारी प्रशासनिक प्रणालीमा सशक्त रूपमा उभिन्छ, उसलाई किन दबाउने प्रयास हुन्छ ? के नेपालमा योग्य र इमान्दार कर्मचारीको लागि ठाउँ छैन ? के सुधार चाहनेहरूलाई सधैँ प्रतिशोधको सामना गर्नुपर्छ ? लगायतका प्रश्न यो घटनाले उठाएको छ । फेसबुकमा लेखिएको उनको स्ट्याटसले नेपालका धेरै स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीहरूका मनमा गहिरो चोट पुर्‍याएको छ । 

सम्पर्कविहीनपछि बालाजुमा फेला
डा .श्रेष्ठको स्ट्याटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो खबर एकाएक भाइरल बनेको थियो । सञ्चार माध्यमहरूले समाचारमा समेटेसँगै निमेषभरमै सनसनी फैलियो । उनी सम्पर्कविहीन भएको खबरले आफन्त, साथीभाइ र सहकर्मीहरू त आत्तिए नै, धेरै नेपालीले चिन्ता व्यक्त गरे । 

तर सौभाग्यवश, उनी सकुशल फेला परे । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार, उनी बालाजुको एक रेस्टुरेन्टमा फेला परे । प्रहरीले उनलाई नियन्त्रणमा लिई भद्रकालीस्थित प्रहरी परिसरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार तयार पारुन्जेलसम्म उनको सो पोष्टमा नौ हजार बढीले कमेन्ट लेखेका छन् । जसमध्ये अधिकांश बी स्ट्रोङ भनेका छन् । गलत निर्णय नलिन सुझाउँदै हिम्मत हार्न नहुने अधिकांशले लेखेका छन् । 

उनले उल्लेख गरेका विषयहरूले सामाजिक सञ्जाल र सञ्चार माध्यममा सहानुभूति पाए पनि वास्तविकता के हो भन्नेबारे भने अनुसन्धान पछि नै खुल्ने छ ।