२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथरमा डा. शेखर कोइरालाले भने– कार्यकर्ताले नेताको झोला बोक्ने होइन, स्वाभिमानी बन्नुपर्छ

अ+ अ-

फिदिम । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला बोकेर मात्र नहुने बरु स्वाभिमानी भएर सक्षम नेतृत्वको रूपमा स्थापित हुनुपर्ने बताएका छन्। पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पुगेका कोइरालाले यस्तो धारणा राखेका हुन्।

“नेपाली काँग्रेसका कार्यकर्ताले नेताको झोला बोकेर वा पछिपछि कुदेर मात्र पुग्दैन,” कोइरालाले भने, “कार्यकर्ता स्वाभिमानी बन्नुपर्छ र आफूलाई सक्षम नेतृत्वको रूपमा स्थापित गर्नुपर्छ। नेताको मन जित्ने होइन, जनताको मन जित्ने काम गर्नुपर्छ।”

नेपाली काँग्रेस फालेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभाबी बोलेर देशलाई मुठभेडतर्फ धकेलेको आरोप लगाए। उनले भने, “प्रधानमन्त्री ओलीले एमाले कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिनुभएको छ, जुन उचित होइन। यस्ता अभिव्यक्तिले देशलाई गलत दिशातर्फ लैजान्छ।”

आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीको कार्यक्रममा प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौं ‘कब्जा’ गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए। सोही दिन राजावादीहरूले पनि काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरेका छन्। कोइरालाले यस्ता गतिविधिका कारण देश मुठभेडतर्फ उन्मुख भएको ठहर गरे।