काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलसँग परामर्श गरेका छन् ।
आज अर्थ मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पौडेलले वित्तीय नीति, राजस्व परिचालन, पुँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन र निजी क्षेत्रको लगानी प्रवर्धन जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरे । यो परामर्शले आगामी बजेटलाई थप प्रभावकारी र समावेशी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूसँगको यो छलफलले मुलुकको आर्थिक स्थायित्व र दिगो विकासका लागि नीतिगत सुधारमा जोड दिने अर्थमन्त्री पौडेलले बताए ।