काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले अर्थ मन्त्रालयमा बेथिति बढेको आरोप लगाएका छन् ।
मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै उनले भने, ’अहिले जस्तो बेथिति अर्थ मन्त्रालयमा छैन ।’
पूर्वअर्थमन्त्री पाण्डेले आफ्नो पालाभन्दा अहिले अर्थ मन्त्रालय थप खराब भएको दोहोर्याए । ’ब्यूरोक्रेसीमा सबै जान्ने भन्ने मानसिकता छ, यो मानसिकता हटाउनुपर्छ, अहिले थप भद्रगोल भयो’, उनले भने ।
त्यस्तै उनले आवास र जगगामा उच्च कर लगाउनु पर्ने सुझाव दिए । यस्तो कर बिस्तारै ४० प्रतिशत पुर्याउनु पर्ने उनको सुझाव छ ।