काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता नवीन धितालले निवर्तमान गभर्नर अधिकारी पदमा रहेकै बेला गठन भएको गभर्नर सिफारिस समितिमा बस्नु गैरकानूनी भएको भन्दै अदालतमा रिट दायर गरेका हुन् ।
गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो ।
उक्त सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।