२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागार र ब्यारेकमा ६ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशमा विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका र प्रहरीको हिरासतमा रहेका ६ जनाको मृत्यु भएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ ।

इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका-७ का ४९ वर्षीय सई धनराज खतिवडाको फागुन ४ गते झुन्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राइको पुस २० गते, पथरीशनिश्चरे नगरपालिका–४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरुष गरी ४९ जनालाई गिरफ्तार गरेको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरुष घाइते भएका छन् ।

तीन महिनाको अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरुद्धका घटनामा ३१६ जना गरी कूल ३७५ जना पीडित भएको उल्लेख छ ।

अन्य पक्षबाट भएका घटनामा घाइते पुरुष ३०, कुटपिट महिला दुई र पुरुष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरुष, हत्याका घटना दुई जना महिला र दुई जना पुरुष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरुष, बाल अधिकारविरुद्धका घटनामा ४१ जना र महिला अधिकारविरुद्धका घटनामा २२८ गरी कुल ३१६ जना पीडित भएका छन् ।

इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुर्व्यवहारका घटनामा पीडित भएका छन् ।

महिला अधिकारविरुद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुर्व्यवहार, एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १९७ गरी २२८ जना महिला पीडित भएका छन् ।

प्रतिक्रिया दिनुहोस