काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन सर्वोच्चको लेटर प्याड र पदको दुरुपयोग गरेको आरोपमा विष्टमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
उनीमाथि जिल्ला अदालत काठमाडौँले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
गत शुक्रबार अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। वैशाख १७ गतेदेखि थप भएको म्याद शनिबार सकिएको हो।