१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठक आज साँझ, शिक्षक आन्दोलन टुंग्याउने तयारी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यो बैठकमा शिक्षक आन्दोलनका मागहरू टुंग्याउने विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

एक मन्त्रीले प्रशासनलाई दिएको जानकारीअनुसार, बैठकको मुख्य एजेन्डा शिक्षक आन्दोलनलाई समाधान गर्नु रहेको छ।

नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अघि बढाइरहेको छ। महासंघले आफ्ना मागहरूमध्ये केही मन्त्रिपरिषदबाट र केही संसदबाट सम्बोधन गर्नुपर्ने माग राखेको छ। मन्त्रिपरिषद्बाट टुंगिनुपर्ने मागहरूमा सहमति भएमा परीक्षा सञ्चालनलगायतका शैक्षिक गतिविधिमा सकारात्मक सहयोग गर्ने महासंघले स्पष्ट पारेको छ।

शिक्षा मन्त्रालयले पछिल्ला केही दिनदेखि शिक्षक महासंघसँग वार्ता गर्दै आए पनि ठोस सहमति हुन सकेको छैन।

आजको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागहरूलाई सम्बोधन गर्ने निर्णय गरेर आन्दोलनलाई टुंग्याउने प्रयास गर्ने अनुमान गरिएको छ। यो बैठकले शिक्षक आन्दोलनको समाधानसँगै शैक्षिक क्षेत्रमा देखिएको अनिश्चितता हटाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस