२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. तोसिमा कार्कीले भनिन्-‘न्याय प्रणालीमाथिको विश्वास झन् बलियो भयो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन् बलियो भएको बताएकी छन् ।

प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

साढे २ वर्षअघि प्रतिनिधि सभा सदस्यमा कार्कीको उम्मेदवारीलाई लिएर परेको उजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन् । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो ।

हालै सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला गर्दै उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय नै बदर गरिदिएको छ ।

सर्वोच्च अदालतको यस्तो फैसलापछि कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ । यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ ।’

उम्मेदवारीमाथि विरोध दाबी गर्ने म्याद सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर आयोगले निर्णय गरेको कार्कीले स्मरण गरेकी छन् । चुनावी प्रचारप्रसारमा भइरहेका बेला निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको र न्यायको लागि सर्वोच्च पुगेको उनले बताएकी छन् ।

सर्वोच्चले स्टे अर्डर मार्फत उम्मेदवारी कायम गरिदियो र कार्कीले चुनाव पनि जितिन । तर, उक्त मुद्दामा साढे दुई वर्षपछि न्यायाधीशहरू डाक्टर मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरिदिएको हो ।

आफू संघीय संसद पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अदालतको फैसला आएपछि कार्कीले न्याय प्रणाली माथिको विश्वास झन् बलियो भएको बताएकी हुन् ।

‘सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्ततः अदालतले स्थापित गरेको छ । हामीलाई अदालत माथि विश्वास थियो र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन् बलियो भएको छ’ उनले भनेकी छन् ।

यो जीत आफ्नो व्यक्तिगत मात्र उपलब्धि नभएको भन्दै कार्कीले सबै मतदाता र न्यायिक लडाइँमा साथ दिने अधिवक्ताहरूको समेत उपलब्धि भएको बताएकी छन् । परिवार, मतदाताहरू, राष्ट्रिय स्वतन्त्र पार्टी साथै सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद दिएकी छन् ।

राजनीतिमा युवा पुस्ताको आवश्यकता अझ रहेको पनि उनले बताएकी छन् । उनी लेख्छिन्, ‘भ्रष्टाचार र वेथितीले थाङथिलो बनाइएको देशको राजनीतिलाई सङल्याउन हामी जस्तो युवाको भूमिकामा थप जिम्मेवारी बोध गरेको छु ।’