२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना

अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना भएको छ । सांसदहरूले राजवादी गतिविधिमा आपत्ति जनाउदै नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताइन् ।

‘हामीले परास्त गरेको, नेपाली जनताको निम्ति अफापसिद्ध छ भनेर मसानघाटमा पुर्‍याएको राजतन्त्र फेरि कुर्लिरहेको छ,’ उनले भनिन्, ‘प्राप्त अधिकार नगुमाउन सबै सजग बनौँ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष गरेर प्राप्त भएको ख्याल गर्न र यसअनुसारको व्यवहार प्रदर्शन गर्न आवश्यक रहेको उनले बताइन् ।

‘फेरि पनि प्रतिगामी कुर्लंदैछन्, ब्युझँदैछन् र आज संविधानको उल्लंघन गर्न खोज्दै छन् । ६७-६८ वर्षसम्म लडेर प्राप्त गरेका उपलब्धी खोज्न चाहन्छन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्,’ उनले सरकारको ध्यानाकर्षण गरिन् ।

नेकपा एकीकृत समाजवादीकै सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिए । ‘केही समययता काठमाडौं लगायत मुलुकका केही सहरहरूमा नारा जुलुस भइरहेका छन । उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ,’ उनले भने ।

तर, सरकार गम्भीर नभएको भन्ने उनको आशंका छ । सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको आग्रह छ ।

पूर्वराजाको सक्रियता र व्यवस्था विरोधी आवाज कम गर्न संविधान हातमा नभएर माथमा धारण गरेर सरकारले सुशासन कायम गर्न सक्नुपर्ने बताउँछन् नेपाली काँग्रेसका सांसद युवराज शर्मा । यसो भए व्यवस्था विरोधी अभियान स्वतः निस्तेज भएर जाने उनको विश्वास छ । यसका लागि गणतन्त्रवादी दलहरूका बीचमा सहमति र सहकार्य आवश्यक रहेको उनको सुझाव छ ।

‘संविधानवादी राजनीतिक दलहरूबीच सहमतिको अधिकतम पहलको अपेक्षा राख्दछु,’ उनले भने । काँग्रेस सांसद शर्माले सरकारसँगै यस्तो अपेक्षा राखेका हुन् ।

माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गरे ।

‘देशमा बढिराखेको अराजकता, संविधान विरोधी हर्कत सरकारले तुरुन्त नियन्त्रण गरोस् । कथित राजा फर्काउने नाममा जसले वंश विनाश गरे तिनैले जुन ढंगको नाटक मञ्चन गरिरहेका छन् त्यसको नियन्त्रण सरकारले गरोस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस