२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचपीभी खोप लगाएका एक दर्जन बढी किशोरीहरू बेहोस

अ+ अ-

काठमाडौँ । पर्साको कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका एक दर्जन बढी विद्यार्थीहरू अचानक बेहोस भएका छन् । 

उक्त विद्यालयमा अध्ययनरत एचपीभी खोप लगाएका १४ जना किशोरीहरू अचानक बेहोस भएको प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्नीले जानकारी दिए । किशोरीहरूले केही दिन अघि एचपीभी खोप लगाएको कुर्नीले बताए ।

अभिभावकहरूले भने एचपीभी खोप लगाएका कारण छोरीहरू बेहोस भएको हुनसक्ने आशंका गरेका छन् । बेहोस भएका विद्यार्थीहरूलाई पोखरिया अस्पतालमा उपचारका लागि पठाइएको छ । तर उपचारमा संलग्न डक्टरहरूले भने एचपीभी खोप लगाएकै कारण उनीहरू बेहोस भएको पुष्टि भने गरेका छैनन् । 

प्रधानाध्यापक कुर्नीका अनुसार सोमबार बिहान विद्यालयमा प्रार्थना गरिरहेको बेला विद्यार्थीहरू एक्कासी बेहोस भएका हुन् । बेहोस हुनेमा एक जना किशोर पनि छन् ।  

विद्यार्थीहरूले अचानक टाउको दुख्ने, कमजोरी महसुस भएको बताएको र केही समयपछि एकाएक बेहोस भएर भुईँमा ढल्न थालेपछि उपचारका लागि पोखरिया अस्पतालमामा लगिएको कुर्नीले जानकारी दिए । 

बेहोस हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।