काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। यही २५ र २७ गते बस्ने गरी बैठक बोलाएको प्रवक्ता शरद यादवले बताएका छन् ।
बैठकमा महोत्तरीस्थित पावन मिथिला होटेल बर्दिबासमा बस्नेछ ।
केन्द्रीय समितिको बैठक लगत्तै मधेश प्रदेशको प्रदेश समन्वय समितिको बैठक बस्ने उनले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
पछिल्लो समय जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने चर्चा चलिरहेको बेलामा बस्न लागेको बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ ।







