स्याङ्जा । वालिङ नगरपालिका-६ मिर्दीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।
घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर थापा समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रुपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







