२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह

अ+ अ-

नेपालगञ्ज । बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह गरिएको छ । ‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर र सुदृढीकरण’का लागि शनिबार कोहलपुरमा आयोजना भएको कार्यशाला गोष्ठीमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पर्यटन प्रवर्द्धनका लागि प्रचुर सम्भावना र अवसर भएको उल्लेख गर्दै जंगल वाक, चुरै हाइकिङ, र्याफ्टिङ, हात्ती सफारी पर्यटनका लागि निकुञ्जको सौन्दर्य भएको बताए । उनले जिल्लामा सांस्कृतिक तथा धार्मिक पर्यटन र कृषि पर्यटनसमेत रहेको औँल्याउँदै उत्तरी भेगमा रहेका बासिन्दालाई कृषिमा अग्रसर गराई पर्यापर्यटनमा जोड दिन सकिने बताए।

प्रमुख संरक्षण अधिकृत कँडेलले पर्यटकलाई जंगलमा घुमाउन जंगल सफारीका लागि जीपमा लगानी गर्न पर्यटन उद्यमीलाई अनुरोध गर्दै चुरे क्षेत्र सुक्खा भएकाले निकुञ्जमा रहेका ८० पोखरीमध्ये १६ पोखरीमा मात्र पानी रहेको जानकारी दिए । निकुञ्ज आसपास क्षेत्रमा स्तरीय होटेल तथा बासस्थान नहुँदा आन्तरिक तथा बाह्य पर्यटक नेपालगञ्ज र कोहलपुर क्षेत्रमा आउन बाध्य छन् ।

महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हरि सुवेदीले पर्यटकीय सम्भावना बोध गराउने क्रियाकलाप आवश्यक भएकामा जोड दिँदै केही पर्यटन पूर्वाधार भए पनि पर्याप्त नभएको बताए । बाँकेमा प्राकृतिक तथा शान्त वातावरणमा रमाउन चाहने पर्यटकलाई वनका उद्यानसमेत रहेको औँल्याउँदै उनले केही पर्यटकीय गन्तव्यको पहिचान भई तिनको विकासका लागि काम भएको बताए । 

पर्यटन व्यवसायी अशोक गौडेलले स्थानीय पर्यटन प्रवर्द्धन गर्न अतिरिक्त पर्यटनलाई बढवा दिन आग्रह गर्दै त्यसका लागि गन्तव्य निश्चित हुनुपर्ने बताए।

नेपालगञ्ज साइक्लिङ क्लबका पूर्वअध्यक्ष शतिष निरौलाले पर्यटनका हिसाबले बाँके कमजोर भएको उल्लेख गर्दै गाभर भ्यालीमा चुरे क्षेत्रको पदयात्रा पनि पर्यटकीय आकर्षण हुनसक्ने धारणा व्यक्त गरे । सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेशसभाका सदस्य वसन्ती अधिकारी र कृष्णा केसी, वातावरण ग्रामीण विकास केन्द्र, बाँकेका अध्यक्ष धर्म रोकायालगायतले पर्यटन क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताए।