काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीको राजीनामा स्वीकृत गरेको हो ।
एआईजी केसीले सेवा अवधि बाँकी छँदै माघ २५ गतेदेखि लागु हुने गरी राजीनामा दिएका थिए । आगामी ५ चैतसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामा पत्र बुझाएका थिए।
सम्बन्धित समाचार : एआईजी केसीको असामयिक राजीनामा: बढुवा रणनीति कि बाध्यता ?