५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूपसे झरनामा पर्यटकीय पूर्वाधार

अ+ अ-

म्याग्दी । पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रूपसे झरनामा पूर्वाधार निर्माण थालिएको छ । 

चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रूपसे झरना अवलोकन गर्ने पर्यटकको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले रु तीन करोडभन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो । 

सार्वजनिक शौचालय, फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पहाडमा फलामको रेलिङसहितको पदमार्ग, झर्‍याङ र खाजाघरलगायतका पूर्वाधार गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । 

“संघीय सरकारले रु तीन करोड ६४ लाख विशेष अनुदान उपलब्ध गराएको रूपसे झरना पर्यटन पूर्वाधार योजना कार्यान्वयनका लागि छनौट भएका निर्माण कम्पनीले काम थालेको छ,” उनले भने “झरना परिसरमा व्यवस्थित पूर्वाधार बनाएर पर्यटकलाई सुरक्षित रूपमा अवलोकन गर्ने व्यवस्था मिलाउने उद्देश्य रहेको छ ।”

विसं २०८१ जेठ ३० गते सुन्दर निर्माण सेवाले रु तीन करोड २३ लाख ५५ हजार ३६९ मा ठेक्का सम्झौता गरेको योजना विसं २०८२ पुस २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । 

सडक छेउमा रहेको झरनाको फेदीमा कटान रोकथामका लागि पक्की र पहिरो नियन्त्रण गर्न ग्यावीयन पर्खाल निर्माण भइरहेको छ । सो ठाउँको जग्गा सम्माएपछि प्रवेशद्वार, खाजा घर र टिकट काउन्टर बनाउने योजना रहेको वडा अध्यक्ष पुर्जाले बताए । फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पदमार्ग बनाउन भिरमा फलामको रड राखेर ‘रक एङ्करिङ’ गरिएको छ । 

करिब ३०० मिटर अग्लो झरनामा तीन वटा तह छन् । छङ्छङ् गर्दै झर्ने झरनामा इन्द्रेणी पर्दा आकर्षक देखिन्छ । झरनाको माथिल्लो तहदेखि बाजाढुङ्गा जोड्ने पदमार्ग, उद्यान, गोलघर र दृश्य अवलोकन स्थल बनाउन लागिएको छ । 

हिर्काउँदा बाजाको आवाज सुनिने बाजाढुङ्गा परिसरदेखि रूपसे झरना, अन्धगल्छी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बिचबाट बग्ने कालीगण्डकी नदीले कटान गरेर बनाएको संसारकै गहिरो खोच अन्धगल्छी रूपसे झरनाको नजिकै छ ।  

विस २०७७ साउनमा रूपसे खोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन पुल, होटल, पदमार्ग, लगायतका पूर्वाधार, पार्किङ गरेर राखिएका सवारीसाधन बगाउनुका साथै झरना र अन्धगल्छीलाई कुरूप बनाएको थियो । 

बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुन:निर्माण र नयाँ पूर्वाधार थप गर्न लागिएको हो । झरना अवलोकन, तस्बिर खिच्ने र भिडियो बनाउने क्रममा पर्यटक चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या पूर्वाधार बनाएपछि हट्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रूपसे झरनामा घण्टौँ समय बिताउँछन् । रूपसे झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्बिर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडा सदस्य लालबहादुर पुनले बताए।

प्रतिक्रिया दिनुहोस