२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश अस्पताल सुर्खेतमा ‘एन्जियोग्राफी’ सेवाको शुभारम्भ

अ+ अ-

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक ‘बाईप्लेन’ क्याथ-ल्याब मेसिनद्वारा पहिलो पटक मुटु रोग सम्बन्धी ‘एन्जियोग्राफी’ सेवा सुरु गरिएको छ।

मंगलवार मिति २०८१ फागुन ५ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौँका मुटु रोग विभाग प्रमुख डा. समीर पौडेल तथा उनको टिम र प्रदेश अस्पताल सुर्खेत (मुटु रोग विभाग) को सहकार्यमा पाँच जना मुटु रोगीको सफल एन्जियोग्राफी गरिएको छ। परीक्षणका क्रममा उनीहरूको मुटुका रक्त नलीहरूमा अवरोध (ब्लकेज) छ कि छैन भन्ने मूल्याङ्कन गरिएको थियो।

प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मात्र नभई, सम्भवतः कर्णाली प्रदेशमै यो सेवा पहिलो पटक उपलब्ध गराइएको हो। अस्पताल प्रशासनका अनुसार सबै बिरामीलाई निःशुल्क एन्जियोग्राफी सेवा प्रदान गरिएको छ।

यस अवसरमा प्रदेश अस्पतालका निर्देशक डा. केशर ढकालले छिट्टै ‘एन्जियोप्लास्टी’ सेवा समेत सुरु गर्ने तयारी भइरहेको जानकारी गराउँदै यस उपलब्धिलाई कर्णाली प्रदेशको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुंगा भएको बताएका छन्।

उक्त सेवा सञ्चालनमा सहयोग गर्ने कर्णाली प्रदेश सरकार, अस्पताल विकास समिति, पूर्व निर्देशक तथा सम्पूर्ण अस्पताल परिवारलाई अस्पताल प्रशासनले धन्यवाद ज्ञापन गरेको छ।