२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराई-मधेशका पूर्वाधार आयोजना सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेशका पूर्वाधार विकास आयोजनाहरूलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै ती योजनाहरू समग्र देशको आर्थिक तथा सामाजिक विकासका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा तराई-मधेशका परियोजनाहरूलाई सोह्रौँ योजनामा विशेष स्थान दिइएको उल्लेख गर्दै नीति तथा कार्यक्रम र बजेटमार्फत निरन्तर बजेट विनियोजन गरिँदै आएको जानकारी गराए।

रेल्वे सेवा विस्तार
तराई-मधेशमा प्रभावकारी यातायात सेवा उपलब्ध गराउने लक्ष्यसहित जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेल सेवा सञ्चालनमा आएको प्रधानमन्त्री ओलीले जानकारी दिए। हाल जयनगर(जनकपुर खण्डमा दैनिक तीन पटक र जनकपुर-विजयपुरा खण्डमा दैनिक एक पटक रेल सेवा सञ्चालन भइरहेको छ। साथै, भारतीय सरकारको सहयोगमा विजयपुरा-बर्दिबास १७ किलोमिटर रेल्वे खण्डको निर्माण कार्य छिट्टै अघि बढ्ने उनले बताए।

द्रुत मार्ग निर्माणमा तीव्रता
प्रधानमन्त्री ओलीका अनुसार काठमाडौँ-तराई-मधेश द्रुत मार्गको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। आयोजनालाई शीघ्र सम्पन्न गर्न उच्चस्तरीय छलफल गर्दै कामलाई तीव्रता दिइएको उल्लेख गर्दै उनले हाल परियोजनाको भौतिक प्रगति ३७.६ प्रतिशत पुगेको जानकारी गराए।

सुनकोशीमरिन डाइभर्सन आयोजनाको प्रगति
सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेको र हाल हेडवर्क्स तथा पावर हाउस निर्माण कार्य अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले जानकारी गराए। हालसम्म परियोजनाको भौतिक प्रगति ३५.१८ प्रतिशत पुगेको उनले उल्लेख गरे।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सरकार प्रतिबद्ध
प्रधानमन्त्री ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने बताउँदै सोको वित्तीय व्यवस्थापन गर्न सरकार सकारात्मक रहेको र परियोजनालाई अघि बढाउने पहल भइरहेको बताए।

चुरे संरक्षण र पानीको समस्या समाधानमा सरकारले ध्यान दिएको छ

चुरे क्षेत्रको संवेदनशीलता र तराई(मधेशमा पानी अभावको समस्या समाधान गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत विभिन्न कार्यहरू अघि बढाइएको प्रधानमन्त्री ओलीले जानकारी गराए। हालसम्म ६५७ भूमिगत जल पुनर्भरण पोखरी निर्माण, १५९ तालतलैया तथा सिमसार व्यवस्थापन, १७६ वर्षा जल संकलन बाँध निर्माण, ७६ जल पुनर्भरण पोखरी निर्माण, ५४८ पानी मुहान संरक्षण तथा कुवा उत्खनन् कार्य सम्पन्न भइसकेको उनले जानकारी गराए।

सरकारले चुरे क्षेत्रको वातावरण संरक्षण, खानेपानी आपूर्ति व्यवस्थापन जस्ता जनसरोकारका विषयलाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस