काठमाडौँ । २५ जना शाखा अधिकृतहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई पारदर्शी बनाउन नयाँ सरुवा प्रणाली लागू गरेको छ, जसले अनावश्यक भिडभाड र अन्यौलता कम गरेको छ।
नव नियुक्त सचिव रविलाल पन्थले निष्पक्ष प्रणालीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘सरुवा मन्त्रालय’ भनेर चिनिने मन्त्रालयमा लामो समयदेखिको भिडभाड र चलखेल घट्ने अपेक्षा गरिएको छ। अब योग्य कर्मचारीहरूलाई अवसर प्रदान गर्ने र निमित्तहरूको विषय टुङ्ग्याउने प्राथमिकता राखिएको छ, जसले सरुवा प्रणालीलाई अझ व्यवस्थित बनाउनेछ।
सूची :
आज नै ५० जना उपसचिवहरुको पनि सरुवा गरिएको छ ।
सम्बन्धित समाचार : ५० उपसचिवको सरुवा(नामावलीसहित)