काठमाडौँ । ५० जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले नयाँ सरुवा प्रणाली लागू गरेको छ। मन्त्रालयले हरेक महिनाको १ र १५ गते मात्र सरुवा गर्ने निर्णय गरेसँगै, मन्त्रालयमा अनावश्यक भिडभाड नियन्त्रण हुन थालेको छ भने कर्मचारीहरूले भोग्नुपर्ने झन्झट र अन्यौलता पनि कम हुँदै गएको छ ।
सम्बन्धित समाचार : कर्मचारीको सरुवा अब महिनामा दुई दिन मात्र, एक गते र पन्ध्र गते निर्णय हुने
केही साताअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासनिक जिम्मेवारी सम्हालेका सचिव रविलाल पन्थले पद बहाली गर्दै सरुवा प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका थिए। उनले प्रशासन सिँहदरवार विशेष ब्युरोसँगको विशेष कुराकानीका क्रममा सरुवा व्यवस्थापनमा देखिएका विकृतिहरू हटाउँदै निष्पक्ष प्रणालीलाई स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
सम्बन्धित समाचार : ‘दिनदिनै हुने सरुवा रोकिन्छ’ -सचिव पन्थ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लामो समयदेखि ‘सरुवा मन्त्रालय’ को रूपमा चित्रण गरिँदै आएको थियो। मन्त्रालय परिसरमा दिनभर देखिने भिडभाड, सरुवा प्रक्रियाका लागि महिनौँसम्म राजधानीका होटेलहरूमा बस्नुपर्ने बाध्यता र सरुवा सहज बनाउन विभिन्न समूहहरूलाई सन्तुष्ट पार्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ ।
अबको प्राथमिकता अवसर नपाएका योग्य कर्मचारीहरूलाई उचित अवसर प्रदान गर्ने र अस्थायी रूपमा जिम्मेवारी सम्हालिरहेका निमित्त कर्मचारीहरूको विषयलाई टुंगो लगाउने हो। यदि यी विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकियो भने, सरुवा प्रणाली अझ व्यवस्थित हुने देखिन्छ।
सूची :
आज नै २५ जना शाखा अधिकृतहरूको पनि सरुवा गरिएको छ ।
सम्बन्धित समाचार : २५ शाखा अधिकृतको सरुवा (नामावलीसहित)