काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ परिसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ। २०८१ फागुन १ गतेदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक समारोहका बीच काउन्टरको उद्घाटन गरेका छन्।
यस एक्सटेन्सन काउन्टर सञ्चालनसँगै सेवाग्राहीलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा विभिन्न सरकारी सेवा लिन आउने नागरिकहरूले सोही स्थानबाट बैंकिङ कारोबार गर्न सक्नेछन्, जसले समयको बचत गर्ने र प्रक्रियागत झन्झट कम गर्ने विश्वास गरिएको छ।
सरकारी बैंकका रूपमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सेवा प्रवाह प्रभावकारी बनाउन कर्मचारीहरूमा देखिने गरेको ढिलाइ गर्ने प्रवृत्तिमा सुधार भने आवश्यक छ ।








