२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद शर्माले भने-अध्यादेश ल्याउनुको नियत गलत छ, फिर्ता हुनुपर्छ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताउँदै उनले अध्यादेशहरू सकारात्मक रहेको भए पनि सकारात्मकताभित्र खतरनाक कुराहरू समावेश रहेको बताए ।

‘यो अध्यादेशहरूभित्र कतिपय सकारात्मक कानुन हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ,’ उनले भने, ‘यो अध्यादेशभित्रका कानुनहरू सकारात्मक छन् । ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् ।’

कुसुमवासीहरूलाई जग्गा दिने कुरा सकारात्मक रहेको भए पनि हदबन्दी फुकुवा गर्ने कुरा डरलाग्दो रहेको बताए ।

‘भूमि सम्बन्धीको कुरा कुसुमवासीहरूलाई जग्गा दिने कुरा ल्याइएको छ । सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्वासीलाई जग्गा दिने कुरा उठाइएको छ,’ उनले भने, ‘साथै हदबन्दी फुकुवा गर्ने कुरा जे उठाइएको छ, त्यसले भू-माफियाहरूको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’