काठमाडौँ। प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।
लुम्बिनीमा माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवसको रूपमा मनाउँदै आइएकोमा गत वर्षदेखि दुई वटा दिवसलाई एकै दिन माघ २१ मा मनाउन थालिएको हो ।








