२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीद्वारा बीओपीको संख्या ४२५ पुर्‍याउन गृह मन्त्रालयमा योजना पेश 

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी)को संख्या ४२५ पुर्‍याउन माग गर्दै गृह मन्त्रालयमा योजना पेश गरेको छ ।

सीमा सुरक्षालाई थप मजबुद बनाउन सीमालक्षित कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी हेडक्वार्टरले ४२५ बीओपीको कार्ययोजना गृहमा पेश गरेको हो । भारततर्फका सिमानाकामा २४४ र चीनतर्फका सिमानाकामा १० गरी अहिले सशस्त्रका २५४ बोर्डर आउट पोस्ट छन् ।

यसलाई बढाउँदै ४२५ बीओपीको संख्या पुर्‍याउनुपर्ने माग गर्दै मन्त्रालयमा योजना पेश गरिएको सशस्त्र प्रहरी बलले बताएको छ । जसमध्ये अहिले ८ वटा बीओपी स्थापना हुने क्रममा रहेका छन् ।

यता, २४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र हेडक्वार्टरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले बीओपीको संख्या थप गर्दै सीमा सुरक्षा गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताएका थिए ।

सीमा सुरक्षाकै लागि भन्दै सशस्त्र प्रहरीले ४५ वटा स्थानमा प्रस्तावित सीमा सुरक्षा गुल्मको स्थापना गरेको छ । त्यसैगरी, सीमावर्ती जिल्लामा सूचना संयन्त्र मजबुद बनाउन इन्टर अफिसर परिचालनसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा जडित सीसीक्यामेराको संख्या पनि थप गर्दै लगिने कार्ययोजना रहेको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ ।