Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कोरिया सरकारका परराष्ट्र मन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता


८ माघ २०८१, मंगलबार


काठमाडौँ । गणतन्त्र कोरिया सरकारका परराष्ट्र मन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।  

जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र परराष्ट्र सचिवलगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरी द्विपक्षीय सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल गरेका हुन् । 

विशेष दूतको यो नेपाल भ्रमण विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै आगामी ५० वर्षको सम्बन्ध विस्तारका लागि आवश्यक योजना तजुर्मा गर्नु रहेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ । 

गतवर्ष कोरिया र नेपालबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा संयुक्त राष्ट्र संघ महासभामा दुई देशका परराष्ट्र मन्त्रीको बैठक आयोजना भएको थियो । 

सन् १९७४ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखिनै कोरिया र नेपालबीच विगत ५० वर्षदेखि जनस्तरको घनिष्ठसम्बन्ध रहँदै आएको छ । दुई देशले विगतमा अर्थतन्त्र, रोजगारी र पर्यटनलगायत विभिन्न क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण सम्बन्ध स्थापित गरेको बारेमा छलफलका क्रममा उल्लेख भएको छ । 

विशेष दूतले नेपालका उच्च पदस्थ व्यक्तिको भेटघाटका क्रममा कोरिया सरकारले नेपाललाई १५ वर्षसम्म निरन्तर एक महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा निर्धारण गरेर नेपालको कृषि, स्वास्थ्य, रोजगारी तालिम, तथा जलवायु परिवर्तनलगायतका आवश्यकताको आधारमा नेपाललाई सहयोग गरिरहेको बताएका थिए ।

सन् २००७ मा सम्झौता भएको कोरिया–नेपाल रोजगार अनुमति प्रणालीमार्फत हालसम्म एक लाख १० हजारभन्दा बढी नेपाली कामदारले कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन् । रोजगारीको माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस