काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका-७ घर भएका हाल काठमाडौँ महानगरपालिका-२४ मा बस्ने ३५ वर्षीय ध्रुवकुमार राय र ४१ वर्षीय राजन डंगोल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी पसलहरूमा ई सेवामा रकम पठाउन लगाई उक्त रकम पठाए पश्चात् केही समयपछि नगद लिएर आउँछु भन्दै चोरी गरेको मोबाइल तथा कागजातहरू धितो राखी फरार भई ठगी गर्ने कार्यमा संलग्न थियो ।
प्रहरीले उक्त कार्यमा संलग्न देखिएपछि उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।