२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार शिवसताक्षीस्थित दोमुखा पर्यटकीय स्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारण सभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किँदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

उनले पूर्व मुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । “पूर्व मुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किँदै थिए । बाटोमा हातपात भएछ । ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।”
पूर्व मुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । “हामी निवास फर्किँदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्‍यो ।” आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन् ।

थापामाथि आक्रमण गर्ने दुई जना नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमण स्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।

पूर्व मुख्यमन्त्रीमाथि भएको आक्रमणको काँग्रेसद्वारा निन्दा
नेपाली काँग्रेसले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि भएको आक्रमणको निन्दा गरेको छ । आइतबार बिहान विज्ञप्ति जारी गर्दै काँग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ । काँग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो ।

काँग्रेसले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस