काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईँले राजीनामा दिएका छन् ।
पिएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएपछि उनी विवादमा तानिएका थिए ।
पिएचडी पूरा नहुँदै नाममा डाक्टर थपेर उनले सह-परीक्षा नियन्त्रकका लागि आवेदन दिएका थिए । उनले मानविकी संकायबाट पिएचडी गरिरहेका छन् ।