Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सहकारीले प्राथमिक पुँजीको १५ गुणासम्म बचत संकलन गर्न पाउने


२९ पुस २०८१, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले प्राथमिक पुँजीको १५ गुणासम्म मात्रै बचत संकलन गर्ने व्यवस्था गर्न लागेको छ ।

सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदामा उक्त प्रस्ताव गरेको हो ।

यस्तै सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको ५ प्रतिशतसम्म वा पूँजीकोषको बढीमा सय प्रतिशतसम्म (जुन कम हुन्छ त्यो सीमासम्म) ऋण लिन सक्ने व्यवस्था गर्ने प्रस्तावित निर्देशनको मस्यौदामा उल्लेख छ ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सहकारी सम्बन्धी अध्यादेशमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सहकारीमा प्रतिव्यक्ति बचत सीमा तोक्ने भएको हो ।

एक जिल्ला कार्यक्षेत्र भएको सहकारी संस्थाले प्रतिव्यक्ति अधिकतम १० लाखसम्म बचत संकलन गर्न सक्ने छ । त्यस्तै एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको सहकारीलाई प्रतिव्यक्ति ५० लाखको बचत सीमा तोक्ने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस