Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

श्रेयस अय्यर पञ्जाब किंग्सको कप्तान नियुक्त


२९ पुस २०८१, सोमबार


काठमाडौँ। आइपिएल फ्रेन्चाइजी पञ्जाब किंग्सले श्रेयस अय्यरलाई नयाँ कप्तान नियुक्त गरेको छ । फ्रान्चाइजीले आइतबार अय्यरलाई कप्तानमा नियुक्त गरेको घोषणा गरेको हो।

गत नोभेम्बरमा साउदी अरेबिया (जेद्दा) मा भएको मेगा लिलामीमा पञ्जाब फ्रेन्चाइजीले श्रेयसलाई २६.७५ करोड भारुमा किनेको थियो। ३० वर्षीय अय्यरले गत सिजन आफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्सलाई उपाधि दिलाएका थिए ।

उनले दिल्ली क्यापिटल्सको कप्तानी समेत गरेका छन् । श्रेयस चाँडै नै मुख्य प्रशिक्षक रिकी पोन्टिङसँग भेटेर टोलीको जिम्मेवारी सम्हाल्नेछन् । आइपिएलको नयाँ सिजन मार्च २१ बाट सुरु हुँदैछ । यस सिजनको उद्घाटन खेल कोलकातामा हुनेछ । यससँगै प्रतियोगिताको फाइनल पनि २५ मेमा हुनेछ ।

श्रेयसले आफ्नो कप्तानीमा ७० आइपिएल खेलमा आधाभन्दा बढी खेल जितेका छन् । उनले ३८ खेल जितेका छन् भने २९ खेलमा हार बेहोरेको छ । साथै २ खेल बराबरी भएको छ भने एक खेल नतिजाविहीन छ । श्रेयसको विजयी प्रतिशत ५४.२८ रहेको छ ।

श्रेयस अय्यर आइपिएलको दोस्रो महँगो खेलाडी हुन्। उनलाई पञ्जाब किंग्सले मेगा अक्सनमा २६।७५ करोडमा किनेको थियो । त्योभन्दा बढी, ऋषभ पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोडमा किनेको छ । कोलकाताले वेंकटेश अय्यरलाई २३.७५ करोडमा राखेको छ ।

श्रेयसको कप्तानीमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएर २०२४ को उपाधि जितेको थियो । योसँगै टोली तेस्रो पटक च्याम्पियन बनेको थियो। गौतम गम्भीरको कप्तानीमा टोलीले २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस