Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक संवाद कार्यक्रमका सहभागीहरूले कतिपय नीति तथा कानुनी अड्चनका कारण निजी क्षेत्र लगानीतर्फ आकर्षित हुन नसकेको बताएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताए । “यतिठूलो राजनीतिक परिवर्तन भइसक्दा पनि २०२०र२१ सालतिरका कानुनअनुसार चल्नुपर्ने अवस्था छ, परम्परागत कानुनमा सुधार जरुरी छ”, उनले भने ।

उनले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले दिएका सुझावलाई सरकारले बेवास्ता गरेकामा गुनासो गरे । “कोभिडपछि बजेट र मौद्रिक नीतिमा धेरै सुझावहरू निजी क्षेत्रका तर्फबाट दिएका थियौँ, ती सुझावलाई नीति निर्माताले गम्भीर रूपमा लिनुभएन, निजी क्षेत्रकै फाइदाका लागि भन्ने परम्परागत दृष्टिकोण राख्नुभयो”, अध्यक्ष ढकालले भने । 

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले माग घट्दा बजारमा तरलता देखिएको बताए । उधारो असुली नहुँदा कतिपय व्यवसायी पलायन हुनुपरेको उनको भनाइ छ । सरकारले निर्माण व्यवसायीलाई समयमा भुक्तानी गर्न नसक्दा त्यसले उधारो असुलीमा असर परेको संयोजक खनालले बताए । उद्योगी, व्यवसायीहरू लगानी गर्न उत्सुक नदेखिनुमा नीतिगत जटिलता प्रमुख कारण रहेको उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस