२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लांकेट वितरण

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लांकेट वितरण गरेकी छिन् ।

राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेका बाढी पहिरो प्रभावित ६ स्थानीय तहका १ हजार ९० गर्भवती तथा सुत्केरीलाई ब्लांकेट वितरण गरिएको हो ।

पनौती नगरपालिकाका ३ सय १६, नमोबुद्ध नगरपालिकाका २ सय १७, बेथानचोक गाउँपालिकाका २ सय ३०, रोशीका १ सय ५३, भुम्लुका १ सय ३ र तेमालका ७१ गर्भवती तथा सुत्केरीलाई ब्लांकेट वितरण गरिएको सञ्जालकी लक्ष्मी खनालले जानकारी दिइन् ।

परराष्ट्र मन्त्री राणाले पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारी, भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराईलाई ब्लांकेट हस्तान्तरण गरेकी हुन् ।

ब्लांकेट वितरण गर्दै परराष्ट्र मन्त्री राणाले प्रसव पीडाका कारण ज्यान गुमाउने अवस्थामा पुगेपछि सुरक्षित मातृत्वको अभियानमा लागेको बताइन् ।

‘सन्तानलाई जन्म दिने बेलामा म जुन प्रसव पीडाबाट गुज्रिएँ, मर्छु की बाँच्छु भन्ने अवस्थामा पुगेको थिएँ,’ उनले भनिन्, ‘म र मेरो सन्तान त बाँच्यौँ तर यही पीडा भएका अन्य महिला बच्न सक्लान् की नसक्लान् भनेर यो अभियानमा जोडिएको हुँ,’ गर्भवती र सुत्केरी विशिष्ट आवश्यकता रहेको तर्क गर्दै उनले भनिन् ।