काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन आह्वान गरेको छ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै कोषको उपाध्यक्षका लागि दरखास्त आह्वान गरेको हो।
मन्त्रलायले योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सिफारिस समितिको सचिवालय युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेस गराउन सूचनामा उल्लेख गरिएको छ ।








