काठमाडौँ। सार्वजनिक शिक्षा सुधारको माग राखेर सातै प्रदेशमा उभिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ काठमाडौंमा पनि उभिने भएका छन् ।
आइतबारसम्म माग पूरा नभए विरोधस्वरुप १५ बुँदे माग राखेर काठमाडौँको माइतीघरमा उभिने उनले बताए ।
सात वटै प्रदेशको सदरमुकाममा उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएका थिए । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा विद्यालय शिक्षा ऐन बनाउनुपर्ने माग उनको छ ।
ईसीडीलाई विद्यालय शिक्षामा मान्यता दिनपर्ने, छात्रवृत्तिको रकम बढाउनु पर्ने लगायतका १५ बुँदे माग उनले राखेका छन् ।