२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति जुट्न नसके राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन गरिने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् ।

बिहीबार सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधान संशोधनको विषय एमाले वा काँग्रेसको मात्र विषय नभएर सबैको साझा विषय भएकाले साझा सहमतिका आधारमा अघि बढ्ने बताएका हुन्।

नेकपा एमालेको दुधौलीमा आजदेखि हुने जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्न सिन्धुली आएका गौतम अहिलेको निर्वाचन प्रणालीले कुनै पनि स्पष्ट बहुमत ल्याउन नसक्ने बताउँदै यो निर्वाचन प्रणालीले दिने परिणामले स्थायी सरकार बन्न नसक्ने दाबी गरे ।

संविधान संशोधनमा भएको ढिलाइप्रति जनताको चासो रहेको तर राष्ट्रिय सभामा रहेको गणितले तत्काल संविधान संशोधन गर्न नसकिने अवस्था रहेकाले उपयुक्त समय कुर्नु परेको बताए । सहमति जुट्न नसके राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन अगाडि बढ्ने पनि बताए।

उनले भने, ‘एमाले र काँग्रेस मिलेर २०८४ सम्म सरकारलाई स्थायित्व दिएको छ। देशको अर्थतन्त्र पनि लयमा फर्किएको छ। समयमा अर्थतन्त्रलाई लयमा फर्काउन नसकेमा ठूलो विपद् हुनसक्छ भन्ने थियो त्यसैले देशका दुई ठुला राजनीतिक दलहरू एकजुट भयौँ । सरकार बने लगत्तै अर्थतन्त्रमा सुधार भएको छ।’

नेपालको बजेट राजस्व केन्द्रित रहेको र चार पाँच महिनामा अपेक्षित राजस्व संकलन नभए पनि राजस्व संकलनमा सुधार आएको दाबी गरे। सरकारले अपेक्षित परिणाम दिन नसक्नु आर्थिक संकट नै भएको उनको भनाई छ ।

अहिले सडकमा सुशासन, डेलिभरी, रोजगारी र अवसरको न्यायोचित वितरण हुनुपर्‍यो भन्ने रहेको बताउँदै यसतर्फ पार्टीको गम्भीर ध्यान गएको र बहस भइरहेको बताए।

उनले रवि लामिछानेको मुद्दामा नागरिक र केही मिडियाको अन्याय र न्यायको बहसले मुलुकमा अस्थिरता र अराजकता निम्त्याउने हुँदा अनुसन्धानमा रहेका मुद्दालाई अनुसन्धान गर्न दिन समेत नागरिकलाई आग्रह गरे। अनुसन्धान र अदालतलाई प्रभाव पार्ने गतिविधिमा नलाग्न सबैलाई अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस