२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दशकमा वैदेशिक रोजगारीमा गएका १० हजार बढीको मृत्यु

अ+ अ-

काठमाडौँ । नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।

गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाएको र ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

२०७१/७२ मा ६ महिला र १ हजार पुरुषको प्रवासमा ज्यान गएको थियो । २०७२/७३ मा २४ महिला र ७ सय ८९ पुरुष गरी ८१३ को मृत्यु भएको देखिन्छ । २०७३/७४ मा १८ महिला र ७ सय ३७ पुरुष गरी प्रवासमा ७ सय ५५ जनाको ज्यान गएको थियो ।

यस्तै २०७४/७५ मा ८ सय पुरुष र २१ महिला कामदारको विदेशमा ज्यान गएको थियो । त्यसपछि २०७५/७६ मा ७ सय ९६, २०७६/७७ मा ६ सय ५६, २०७७/७८ मा १ हजार २ सय ४९, २०७८/७९ मा १ हजार ४ सय ७९, २०७९/८० मा १ हजार २ सय ८ र २०८०र८१ मा १ हजार ४ सय ९२ नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

जिफन्टका अनुसार वैदेशिक रोजगार विभागले मृतक संख्या गन्ने र श्रमिककै पैसाले बनेको कल्याणकारी कोषबाट मृतकको परिवारलाई भुक्तानी दिनुबाहेक केही गरेको देखिँदैन ।

गन्तव्य मुलुकमा श्रमिकको मृत्यु रोक्न कार्यस्थल तथा आवासको अवस्था सुधारका लागि सरोकारवालासँग छलफल गर्ने योजना बनाउनेतर्फ कुनै वास्ता नगरिएको जिफन्टको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा मृत्यु भएका अधिकांश व्यक्तिको मृत्युको कारण प्राकृतिक, हृदयाघात वा अचानक भएको मृत्यु लेखिएका कारण मृतक श्रमिकका परिवार गन्तव्य मुलुकबाट क्षतिपूर्ति लिनबाट पनि वञ्चित छन् ।

प्रतिक्रिया दिनुहोस