२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा

अ+ अ-

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।

आज काठमाडौँस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।

अध्यक्ष अधिकारीले भने, “यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेका हौँ । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतिलाई अनिवार्य गरेका छौँ । यस पटक अघिल्लो शृङ्खलाको तुलनामा यो झनै भव्य हुनेछ ।” उनले विश्वभर रहेका नेपालीलाई नेपालीत्व झल्किने प्रस्तुतिलाई समेट्नेबाहेक अन्य कडाइ गर्ने नियम नभएको जानकारी दिँदै नेपालसहित विदेशमा रहेका नेपालीका सहरमा अडिसन हुने जानकारी दिए ।

“हामीले नेपाली भाषा र कलाप्रति प्रवासमा रहेका नयाँ पुस्तालाई आकर्षित गर्न र आफ्नो देश फर्काउन यो कार्यक्रम गरिरहेका छौँ । किनकि हामीले सहयोग विपन्न प्रतियोगीलाई सहयोग गरेर नै प्रतियोगितामा सहभागी गराउने गरेका छौँ”, अध्यक्ष अधिकारीले भने ।

दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने बताए । आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी दिए ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के हुन् । 

यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ हुन् ।

आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिभर्स’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिभर्स’ लाई मोसमी गुरुङले निर्देशन गर्ने जानकारी गरे। नेपाल टेलिभिजनमार्फत प्रसारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो माघदेखि सुरु हुनेछ । अमेरिका र क्यानडाका लागि माघ १२ र १३ अमेरिकास्थित कोलम्बस ओहायो, फागुन ३ र ४ मा बेलायतको लण्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । यस्तै, फागुन १० र ११ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैंक अस्ट्रेलियाको सिड्नी र नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ ।

यस्तै, फागुन १७ र १८ मा भारतको मुम्बई  नेपालगञ्ज, फागुन २४ र २५ मा भारतको सिलिगुरी, चैत २ र ३ मा झापाको दमक र चैत १६ र १७ मा काठमाडौँमा अडिसन हुँदैछ । निर्णायकमध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिएको बताए । उनले भने, “यो प्रतियोगिताको उद्देश्य मनोरञ्जनमै मात्र सीमित छैन । यसले कला र संस्कृतिको प्रवर्द्धनसँगै विश्वभर छरिएका प्रतिभाको सपना साकार बनाउने काम गर्दैछ । म यो परिवारमा निर्णायक भएर जोडिन पाउँदा निकै उत्साहित छु ।”

आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, अभिनेत्री केकी अधिकारी, पल्पसा डंगोल निर्देशक पुर्नेन्दु झालगायते उपस्थित थिए ।