काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार बेलुकी काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त छलफल गरेका हुन् । छलफल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित थियो । तर छलफलमा ठोस सहमति नभएको बताइएको छ ।
दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ । तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ । त्यसका लागि समितिको बैठक आज दिउँसो दुई बजे बोलाइएको छ ।