२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी नियमन गर्न राष्ट्र बैंकले देखाएको ‘अनिच्छा’प्रति मन्त्री अधिकारीले जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । सहकारी संस्थाहरूको नियमनका लागि नेपाल राष्ट्र बैंकले ‘अनिच्छा देखाएको’ भन्दै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी असन्तुष्ट बनेका छन् । मंगलवार सार्वजनिक कार्यक्रममा नै उनले असन्तुष्टि पोखेका हुन् ।

राष्ट्रिय सहकारी बैंकले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘राष्ट्र बैंकले हामी सहकारी हेर्न नै सक्दैनौँ भनिरहेको छ । हाम्रो त सम्हाल्न सकिरहेका छैनौँ, सहकारी कसरी सम्हाल्ने भन्छ । राष्ट्र बैंक पनि नेपाल सरकार मातहतको एउटा निकाय हो । सहकारी मन्त्रालय पनि सरकारी निकाय हो । यी दुवै निकाय सरकारले गरेका निर्णय अनुसार चल्नुपर्छ ।’

अधिकार लिने र दिने विषयमा आफ्नो विचार राखे पनि काम भने सरकारको निर्देशन अनुसार गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक रूपमा नै राष्ट्र बैंकबाट सहकारीको नियमन सम्भव नरहेको बताउँदै आएका छन् ।

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनले सहकारी संस्थाको दोस्रो तहको नियमनकारी निकाय सहकारी प्राधिकरण स्थापना गर्न सुझाव दिएको छ । उक्त प्राधिकरण सहकारी मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग प्रत्यक्ष समन्वयमा रही काम गर्ने गरी स्थापना गर्न समितिको सुझाव छ ।

‘सहकारी छानबिन समितिले सहकारी नियमन गर्नका लागि छुट्टै नियामक निकाय चाहिन्छ भनेको छ । तर, कस्तो चाहिन्छ भनेर पनि भनिदिएको छ । राष्ट्र बैंक अन्तर्गत राखिदिए हुन्छ भनेर पनि सुझाव दिएको छ’, मन्त्री अधिकारीले भने ।

सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले चासोका साथ काम गरिरहेको समेत उनले दाबी गरे । सहकारी मन्त्रालय सहकारी ऐन संशोधनको पक्षमा रहेको मन्त्री अधिकारीले स्पष्ट पारे । सहकारीसँग जोडिएका अन्य मन्त्रालयहरूले सहकारी विभाग, बोर्ड लगायत हुँदाहुँदै अझै पनि हामी न्यायाधिकरण ल्याउन कति आवश्यक छ भनेर प्रश्न आइरहेको समेत उनले सुनाए ।