काठमाडौँ । मधेस प्रदेश लोक सेवा आयोगले खरिदार वा सो सरह पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले २०८० पुस ७ गते लिएको खुला, समावेशी र एकीकृत परीक्षा अन्तरगत सहायक चौथो तह खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको हो ।
प्रथम चरणको लिखित परीक्षामा सहभागी भएका ६ सय ४४ जना मध्ये ४ सय ६९ जना दोस्रो चरणको लागि छनौट भएका छन् । साथै आयोगले दोस्रो चरण (द्वितीय पत्र)को परीक्षा माघ १६ गते र तृतीय पत्रको परीक्षा माघ १७ गते गर्ने जनाएको छ ।







