२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुमपूर्वमा एमाले उम्मेदवार रुख चिन्हमा निर्वाचन लड्ने

अ+ अ-

रुपन्देही । नेकपा माओवादीले आफ्नो बलियो आधार क्षेत्र मानेको लुम्बिनी प्रदेशका हिमाली जिल्ला रुकुम पूर्वमा सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसले मोर्चाबन्दी गरेका छन् ।

यसअघि ०७९ को निर्वाचनमा पनि केही स्थानमा सहकार्य गरेर माओवादीले यसअघि जितेका केही ठाउँमा सफलता पाएपछि अहिले दुवै दलले मोर्चाबन्दी गरेर अगाडि जाने सहमति गरेका हुन् ।

पहिलो चरणमा उनीहरूले मंसिर १६ गते हुन लागेको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा सहमतिमा साझा उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुई दलको सहमतिअनुसार अगाडि जाने सम्झौतामा हस्ताक्षर गरेर सोही अनुसार अघि बढिएको बताए । नेपाली काँग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने सहमति गरेको बताए । तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् ।

यस्तै २ नं वडामा पनि काँग्रेस र एमालेबीचको सहमतिमा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाउने सहमति दुई दलबीच भएको छ ।

सहमति पत्रमा काँग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।

समझदारीमा दुवै दलले साझा घोषणा पत्र बनाउने, जिल्लाका अन्य कार्यक्रममा समेत साझा संयन्त्र बनाउने र आलोपालो नेतृत्व गर्ने प्रस्ताव उल्लेख गरिएको छ ।

गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । यो पालिकामा जम्मा ११ हजार १ सय ८० मतदाता रहेका छन् । भूगोलमा धेरै ठूलो रहेको पालिकामा १४ वटा वडा रहेका छन् ।

नेपाली काँग्रेसले रिचा सुनारलाई उम्मेदवार बनाउने निर्णय गरे पनि समझदारीमा छाडेको छ भने माओवादीले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस