२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिपक मनाङे पक्राउ, आजै अदालत पेश गरिने 

अ+ अ-

काठमाडौँ । दीपक मनाङे भनी चिनिने गण्डकी प्रदेशका सांसद तथा पूर्व मन्त्री राजीव गुरुङ पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको सानो भर्‍याङबाट मनाङेलाई पक्राउ गरेको छ । 

प्रहरी उच्च स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार उनलाई आजै अदालत पेश गरिँदैछ । 

उच्च अदालत पाटनबाट दोषी ठहर भएका मनाङे गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएसँगै अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको थियो ।

मनाङेविरुद्ध चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो। मनाङेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गरेर आफ्नो पतिको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। 

गण्डकी प्रदेशमा पटक पटक मन्त्री भएका गुरुङले त्यस विरुद्ध उनले ०७५ चैत ३ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेका थिए । 

पाँच वर्षको कैद सजायमध्ये मनाङेले दुई वर्ष आठ महिना कैद यसअघि नै भुक्तान गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस